सप्तरीको चिया पसलभित्र बस पस्यो, एकको मृत्यु, ८ घाइते

सप्तरी । सप्तरीमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाका ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–९, स्थित सडक खण्डमा बसले ट्रकलाई ठक्कर दिएर चिया पसलभित्र बस पस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बसको ठक्करबाट चिया पिउन आएका कञ्चनरुप नगरपालिका ८ का ६० वर्षीय देवनारायण महताको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१.ख.४१२३ नम्बरको ट्रकलाई काठमाडौबाट काकडभिट्टातर्फ जाँदै गरेको ना.५.ख.७९३७ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ट्रकलाई ठक्कर दिएको बसले चिया पसल भत्काइदिएको बताए ।

घटनामा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा चिया पसलका सञ्चालक कञ्चनरुप–९ का ७० वर्षीय असर्फी मण्डल र चिया पसलका ग्राहक सोही स्थानका ४५ वर्षीय सुनरलाल महता गम्भीर घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

साथै बसमा सबार मोरङ केराबारी गाउँपालिका ५ बस्ने ३४ वर्षीय कुलबहादुर महत, पाचँथरको मिक्लाजुङ गाउँपालिका ५ बस्ने ४५ वर्षीय पूर्णबहादुर लावती, बाराको अमलेखगंज २१ बस्ने ३७ वर्षीय शान्ति खड्का, उनका ४ वर्षीय छोरा सम्पूर्ण खड्का, सोही ठाउँका २१ वर्षीय लक्ष्मी गिरी र उनको ७ वर्षीया छोरी आयुषा घाइते भएका छन् ।

उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?