काठमाडौं । आइतवारदेखि कक्षा १२ को परीक्षा शुरु हुने भएको छ ।
शुक्रवार राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा वैशाख १५ गतेबाट शुरु भएर २६ गते समाप्त हुने जानकारी दियो ।
त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा वैशाख २९ गतेबाट शुरु भएर जेठ ८ गते समाप्त हुने छ ।
परिक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी हुनेछन् ।
कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परिक्षार्थी गरि जम्मा ९ लाख ३६ हजार ५ सय ६ (जसमध्ये छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४ लाख, ९३ हजार ५ सय ४९) परीक्षार्थीहरु हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया