अनुदान र लेखनवृत्तिका लागि प्रेस काउन्सिलले माग्यो आवेदन

लोकपथ
56
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न शीर्षकमा अनुदान र लेखनवृत्तिका लागि आवेदन माग गरेको छ ।काउन्सिलले यसवर्ष ३० वटा ल्यापटप र ६ वटा क्यामेरा खरिदमा ४० प्रतिशतसम्म अनुदान दिने भएको छ भने अन्य १० जनालाई लेखनवृत्ति र ७ जनालाई सोधपत्रमा अनुदान दिने जनाएको छ । त्यस्तै, एउटा सञ्चार केन्द्र स्थापनाका लागि अनुदान कार्यक्रम रहेको जनाएको छ ।

काउन्सिलले ती सबै कार्यक्रमका लागि आइतबारदेखि आवेदन खुलाएको हो । काउन्सिलले आइतबार सूचना जारी गर्दै ३५ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?