अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् ।

आफूलाई ग्रेटर नेपालको अभियन्ता बताउने नेपाललाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलवार दिउँसो चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो । नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले बताए । 

डीएसपी बोगटीका अनुसार उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई नियन्त्रणमा लिइएको हो । नेपालले भने उजुरी दिने न्यौपाने आफ्नो घरबेटी भएको बताउँदै आफूलाई फसाइएको दाबी गरेका छन् ।

फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २०७५ मंसिर २१ गते शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटक-पटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?