खुलेआम गुणस्तरहीन खाना बिक्री, अनुगमन फितलो

काठमाडौं ।  उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका गुणस्तरहीन खाना खुलेआम बिक्री हुँदै आएका छन् । मुख्य राजमार्गस्थित होटेल व्यवसायीले यात्रुको स्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी गुणस्तरहीन खाना बिक्री गर्दै आएका हुन् । एकातिर गुणस्तरहीन खानाले यात्रुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ भने अर्कातिर त्यसको चर्को मूल्यका कारण उनीहरू ठगिँदै आएका छन् । तर, सरकारी अनुगमन भने अत्यन्त फितलो देखिएको छ ।

होटल व्यवसायीले सरसफाइमा पनि ध्यान नदिएको पाइएको छ । त्यति मात्र होइन, बासी खाना, झिँगा भन्केको खाना खुवाउने खानामा गुणस्तरहीन तेल तथा सडेगलेका सागपात गरी स्वास्थ्यमाथि खेलबाड गर्ने त्यस्ता होटल व्यवसायीलाई सरकारले कानुनको दायरामा ल्याउन सकेको छैन ।

सरकारी निकायको लापर्बाही र कमजोर अनुगमनका कारण काठमाडौंदेखि चितवन, मुग्लिङ, नवलपरासीलगायतका राजमार्गका यात्रुहरू गुणस्तरहीन खाना खान बाध्य छन् । उपभोक्ता राम शर्माले मुख्य राजमार्गका होटेलमा गुणस्तरहीन खाना बिक्री भइरहेको बताए ।

 ‘काठमाडौंबाट प्यूठान जाँदै गर्दा भोक लागेपछि नौबिसे बजार, धादिङको चन्द्र होटलमा खाजा खान पुरीतरकारी र चिया मागें । केही छिनपछि खाज र चिया त आयो तर त्यसका भाँडा अत्यन्तै फोहोर थिए । खाजामा पनि किरा र झिँगा मरेको पाइयो, त्यो देखेर खाजा नै नखाइ त्यसबापत २ सय रुपैयाँ तिरेर गन्तव्यतिर लागें,’ शर्माले बताए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?