फोटो खिच्न क्रममा तिनाउमा डुबेर मृत्यु

बुटवल– बुटवलको तिनाउ नदीमा डुबेर एक जना किशोरको ज्यान गएको छ ।

पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्नेक्रममा बुटवलका १६ बर्षिय सिद्धार्थ शाक्यको ज्यान गएको हो  ।

 उनी बुटवलको चांदबारीमा बस्दै आएका थिए । ९ जना साथीहरुसंगै रमाइलोसंगै घुम्न भनेर निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माबिबाट भर्खरै एसइइ दिएका  बताएको छ । उनको खोलामा डुबेर ज्यान गएको दोभान प्रहरी प्रहरी निरिक्षक एक बहादुर नेपालीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?