काठमाडौं – शनिबार बिहान रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
रसुवाको शिखरबेसी आसपास केन्द्रबिन्दु भएर बिहान साढे १० बजेतिर ४.६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया