छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

लोकपथ
42
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोधको बुधबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनको  भरतपुर महानगरपालिका-२९ भतेरी जंगलस्थित सडकमा लु.८ प २५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नवलपरासी पश्चिम सुनवल नगरपालिका-८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङको गएराति मृत्यु भएको हो  ।

ठक्करबाट गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?