भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु

लोकपथ
196
Shares

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका–५ मा भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ ।दुर्घटनामा ट्रयाक्टर चालक स्थानीय २७ वर्षीय तीर्थबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

को २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु–१ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाउँमा भीरबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?