रक्सीको नशामा हत्या, २ जना प्रहरीको फन्दामा

काठमाडौं– सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका–९ का नवराज थापाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक ज्यामिरे घर भएका ‘विष्णु’ भनिने ता बहादुर भण्डारी र सोही ठाउँका विनोद गिरी रहेका छन् ।

२०७५ असोज २० गते घसमा कसैलाई केही नभनि हिँडेका नवराज थापा सम्पर्कमा नआएपछि खोजी गर्दा असोज २९ गते उनको शव मेलम्ची–९ बसैउरामा फेला गरेको थियो ।

ऐसेलु घारीमा सडेगलेको अवस्थामा मृत फेला परेका भण्डारीको हत्या अनुसन्धान गर्दै जाँदा विष्णु र विनोदले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घर निर्माणको काम गर्दै आएका ता बहादुर भण्डारी र विनोद गिरीलाई मेलम्ची नगरपालिका–९ ज्यामिरे र डवल्याङ्गबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्सपेक्टर महेन्द्र दर्नालले जानकारी दिए ।

यसरी भयो हत्या
    असोज २० गते सिन्धुपाल्चोकका स्थानीय सुन्तली गिरीको घरमा प्रतिवादीहरु घरको प्लाष्टर गर्ने काममा संलग्न भई साँझ काम सकी सुन्तलीको घरमा कोदोको रक्सी खाई बिनोद गिरी र बिष्णु भण्डारी घर तर्फ जाँदा बाटोमा  नवराज थापा भेटिएका थिए ।

सो क्रममा बिष्णु भण्डारीले दाजु कताबाट आउनु भएको हो ? तपाईलाई रक्सी लागेको जस्तो पनि छ आज मेरै घरमा गई बसौं भन्दा मृतक नवराज थापाले तँलाई के मतलब, म तेरो घरमा किन बस्ने भन्दै अपशब्द प्रयोग गरी गालि गरेपछि विवाद सुृरु भएको थियो ।

विवादकै क्रममा काठको लाठोले  विनोदले नवराज थापाको टाउकोमा हानेका थिए ।  त्यसपछि ढलेका नवराजलाई बिष्णु भण्डारीले आक्रमण गरर हतया गरेका थिए ।
त्यसपछि दुईजना मिलेर मृतकको शव बसैउरामा व्यवस्थापन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?