पुन: २० अर्ब रुपैयाँको अधिक तरलता खिच्दै राष्ट्र बैंक

लोकपथ
378
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलता खिच्नको लागि पुस १२ गते बिहिबार पुन २० अर्ब रुपैंयाँको निक्षेप उपकरण बिक्री गर्ने भएको छ ।

सो दिन अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा पुन सात अर्बको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

परिपक्व हुने अवधि सात दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी पुस १९ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत प्रयोग गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?