छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित तीनजना  पक्राउ 

लोकपथ
119
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

मोरङको  बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६ मिलिग्रामसहित खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बस्ने २५ वर्षीय मिलन राईलाई मंगलबार दिउँसो प्रहरीले  पक्राउ गरेको हो  ।

लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागुऔषध गाँजा करिब ८० किलोग्रामसहित थाहा नगरपालिका–११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना।८ ख ७५०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक गुरुङलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको  भिमदत्त नगरपालिका–४ स्थितबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बनगाउँ बस्ने २८ वर्षीय बिनोद भुजेल र २३ वर्षीय राजिब चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?