काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१३ तहाचलस्थित महाराजगंज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डित समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ३ सय नेपाली रूपैयाँ, ८ हजार भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया