जुम्लामा विद्यार्थीलाई यार्सा टिप्न जान प्रतिबन्ध

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको हो ।

गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ । 

विद्यार्थी यार्सा टिप्न जाँदा तीन महनिा विद्यालय बन्द हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?