सगरमाथा आरोहण गर्न ३ सय जनालाई अनुमति, १२ नेपाली

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहित देशका विभिन्न हिमाल आरोहणका लागि यसवर्ष ६ सय १६ जना आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि नेपालसहित ४२ देशका आरोहीले आरोहण अनुमति पाएको हुन् । 

आरोहणका लागि १२ नेपालीसहित ३ सयले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार हिजोसम्म ३० समूहका तीन सय जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन् ।

रोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २ सय ५१ पुरुष र ४९ महिला रहेका छन् । जसमध्ये नेपाली महिला ६ र पुरुष ६ जना छन् । सगरमाथाको शिखर जानेमा सबैभन्दा धेरै भारतका ५८ पुरुष र नौ महिला गरी ६७ पर्वतारोही, अमेरिकाका ५९ पुरुष, चार महिलासहित ६३, चीनका ३० पुरुष र १० महिलासहित ४० र बेलायतका ३६ पुरुष र तीन महिलासहित ३९ जना पर्वतारोही, नर्वेका चार पुरुष र तीन महिलासहित सात, जापानका चार पुरुष र दुई महिलासहित छ, हङकङ र अर्जेन्टिनाका चार–चार जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन् । 

सगरमाथासहित देशका २० हिमाल आरोहण गर्ने आरोहीबाट बुधवारसम्म ३९ करोड १५ लाख ४४ हजार १  सय ४५ रुपैयाँ राजश्व सङ्कलन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?