संसारमा धर्मसत्ताको उदय र नेपालमा हिन्दु राष्ट्रको एजेण्डाबारे नयाँ बहस

लोकपथ
252
Shares

काठमाडौं । भगवानले मानिस बनायो कि मानिसले भगवान? भगवानले मानिसलाई बनाएको मान्ने हो भने त एउटा बृहत्तम दार्शनिक बहस यत्तिकै टुंगिइहाल्यो किनकि भगवानको सृष्टिमा सबै प्रश्नको जवाफ पनि उनैसँग हुन्छ, मानिससँग खासै हुँदैन ।

तर मानिसले भगवान बनाएका मान्ने हो भने मानव सभ्यताको विकास हुँदै गर्दा राजनीतिसित आस्था कसरी जोडियो भन्नेमा एउटा गम्भीर खोजीनीति हुन सक्छ ।

भगवानले मानिस बनाएको र मानिसले भगवान बनाएको मान्ने दुई विश्वदृष्टिमध्ये कुनचाहिं सही भनेर मैले तपाइँलाई वा कसैले कसैलाई भन्ने वा जबर्जस्ती थोप्ने विषय हैन । हामी सबै आआफ्ना विचार आत्मसात गर्न स्वतन्त्र छौँ । त्यसैले सही वा गलत भन्ने बहसमा नलागी म यत्ति भन्छुः मानिसले भगवानलाई बनाएको मान्ने हो भने अहिलेको संसार बुझ्न निकै सजिलो हुन्छ । इतिहासदेखि भुविज्ञान, भुगर्भविज्ञान, जीवाश्मविज्ञान, लिपिविज्ञान, आदि अनेक विधाका नयाँ नयाँ आविष्कारहरुले हाम्रो सत्यको खोजलाई सहज बनाउँछन् ।

मानिसले गरेका ती सारा खोजहरुको आलोकमा हिजोको मानव समाजलाई हामी जति राम्ररी बुझ्छौं आजको समाज बुझ्न हामीलाई उतिकै सहज हुन्छ ।’’

यी अनुच्छेदसँगै नेपालमा चलिरहेको हिन्दु राष्ट्रको एजेण्डामा नयाँ बहस शुरु गरेका छन् विश्लेषक जीवन क्षेत्रीले । नेपालको स्वास्थ्य क्षेत्र, राजनीति र समाजबारे कलम चलाउँदा चलाउँदै पछिल्लो समय जलवायु संकटमा केन्द्रित उनले फाटफुट धर्मको राजनीतिबारे पनि लेख्दै आएका छन् । तर यो भिडियोसँगै भने धर्म र सत्ताको सम्बन्धबारे नयाँ भिडियो श्रृंखला नै शुरु गरेको उनले बताएका छन् ।

बोध–वार्ता नामक नयाँ युट्युब च्यानलमा सार्वजनिक उनको पहिलो भिडियोमा मध्यपूर्व र पश्चिमी विश्वमा पछिल्ला दुई हजार वर्षमा भएको तीन एक–इश्वरीय धर्महरुको विकासलाई समेटिएको छ । यसपछिको भिडियोमा पश्चिमा र पूर्वीय दर्शनलाई तुलना गर्ने क्षेत्रीले बताएका छन् । विस्तृत जानकारीको लागि तल दिइएको लिङ्कमा हेर्न सक्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?