अवैध लागुऔषधसहित एकजना पक्राउ

लोकपथ
245
Shares

रसुवा ।अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोसाईकुण्ड गाउँपालिका-६ ठाडेखोलाबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ ६ सय ६८ ग्रामसहित आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ बस्ने ५५ वर्षीय दावा तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी हाकुबाट खटिएको प्रहरीले गोल्जुङवेशीबाट मैलुङतर्फ जाँदै गरेको बा.७६ प ३७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?