काठमाडौं– प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले गरीब नेपालीको पैसाले चन्दा बाँड्ने काम भएको बताएका छन् ।
मानव बेचबिखन रोकथामकाबारे रेडियो बुलेटिनद्वारा आयोजित कार्यक्रममा मन्त्री जमकट्टेलले फाटेको लुगा र चप्पल लगाएर कार्यालय आउने जनतासँग घुस खाएर, विद्रोहको नेतृत्व गरेका विप्लव समूहलाई चन्दा दिने काम भएको दाबी गरे ।
आफूले कर्मचारीलाई विप्लवलाई चन्दा नदिन सुझाव दिने गरेको भन्दै जनतासँग घुस नखान पनि सुझाव दिने गरेको बताए ।
“अझ केही कर्मचारीले विप्लवलाई चन्दा दिनु बाध्यता छ भन्नुहुन्छ, कस्तो बाध्यता हो त्यो ? घुस नखानुस्, चन्दा नदिनुस्”, उनले भने । जनतालाई हरेक क्षेत्रमा सहज पहुँच दिने हो भने मानव बेचबिखन तथा ओसारपसारविरुद्ध आफैँ चेतना जाग्ने उनको भनाइ थियो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले मानव बेचबिखनको परिवर्तित तौरतरिकाका बारेमा सजग हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया