युवकको लाश फेला

काठमाडौं । मेलम्ची नगरपालिकाका ककर बहादुर थापाको ४१ वर्षीय छोरा नवराज थापाको लाश फेला परेका छ ।

नवराजको  लाश कुही सडी गली सकेको अवस्थामा फेला परेको हो । 

प्रहरीका अनुसार मेलम्ची  स्थित बाँसैराचौरको अंधेरी खोल्साको सिरानमा रहेको ऐंसेलु घारी उनको लाश भेटिएको थियो । अनुसन्धानका क्रममा ४० वर्ष का ताह बहादुर भण्डारी र २४ वर्ष को बिनोद गिरीलाई प्रहरीले नियत्रणमा लिएको थियो । 

उनीहरुले  उत्तिसको लाठ्ठीले टाउकोमा प्रहार गरेको खुल्न आएको आएको प्रहरीको भनाई छ । घाइते बनाई बेहोस भए पश्चात नवराज थापाले पाईन्टमा लगाएको पेटी खोली दुबै जनामिलि उक्त पेटीले नवराजको  घाँटी कसी मारेको र पछि ऐंसेलु घारीमा लगि फालेको उनीहरुको भनाई उदृत गर्दे प्रहरीले जनाकारी दिएको छ ।    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?