नेत्रविक्रम चन्द समूहका डोल्पाका इञ्चार्ज जाजरकोटमा पक्राउ

जाजरकोट । नेत्रविक्रम चन्द नेतृत्वको समूहका डोल्पा इञ्चार्ज वीरबहादुर खड्का आज अपराह्न जाजरकोट सदरमुकाममा पक्राउ परेका छन् । 

जाजरकोट प्रहरीले उनलाई सदरमुकामबाट पक्राउ गरेको स्रोतले बताएको छ ।

खड्कालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?