WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल चैत २७ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. भक्तपुरमा फेरि बर्डफ्लु : सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ ।दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि मंगलवार राति कुखुरा मारिएको छ ।
2. तंग्रिँदै तातोपानी नाका, यसरी बन्दैछ नेपाल- चीन जोड्ने नयाँ मितेरी पुल : भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ ।
3. बालुवाटरको सरकारी जग्गा घोटाला प्रकरण – के भने नेकपाका महासचिव विष्णु पौडेलले ? नेकपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णु पौडेलले बादुवाटारमा रहेको १ सय १३ रोपनी ३ आना सरकारी जग्गामा घोटाला प्रकरणमा आफ्नो नाम समेत मुछिएको भन्दै आपत्ति जनाएका छन् ।
4. ड्युटीमै ट्राफिक प्रहरीले कम्मर भाँचेको भाईरल भिडियो (भिडियोसहित) : ठूला शहरको ठूलो समस्या भनेकै ट्राफिक व्यवस्थापन हो । ट्राफिक व्यवस्थापन हरेक देशको लागि ठूलो चुनौतीको रुपमा खडा भएको छ ।त्यहि पट्यारलाग्दो र विकल्प कम भएको चुनौतिको सामना सबैलेभन्दा ट्राफिक प्रहरीले बढी गर्नुपर्छ । तर केहि ट्राफिक प्रहरी छन् जसले अलि फरक ढङ्गबाट ट्राफिक जाममा बस्नेलाई पट्यारलाग्दो दिक्दारी हल गर्न सिर्जनात्मक प्रयास अवलम्बन गर्छन् ।
5. आठौँ राष्ट्रिय खेलकुद – पुरुष हक्कीमा प्रदेश २ को विजयी शुरुवात : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीमा प्रदेश नं २ विजयी भएको छ । बाँकेमा बुधवार भएको खेलमा प्रदेश २ ले प्रदेश नं ३ लाई ५ गोल अन्तरले पराजित गरेको हो । प्रदेश २ लाई जीत दिलाउन गोबिन्द अधिकारीले खेलको ३८ औँ र ५६ औँ मिनेटमा तथा कप्तान हरविन्द्र हिसंले ५२ औँ र ५४ औँ मिनेटमा समान दुई दुई गोल गरेका थिए । एक गोल भने खेलको २४ औँ मिनेटमा मनोज शाहले गरेका थिए ।
6. १० रुपैयाँमा सपिङ ! सुखावती स्टोरको प्रशंसनीय प्रयोग : करिब ७ वर्षीय जतिकी देखिने प्रतीक्षा आफ्ना आमाबाबासँग कपडा किन्न सुखावती स्टोर आइन् । आमाबाबा कपडा छान्नतिर लागे । उनका आँखा भने एक जोर चप्पलमा टक्क अडिए । चप्पल उनको आवश्यकता होइन रहर थियो ।
7. राप्रपा संयुक्त लाई निर्वाचन आयोगबाट दलको मान्यता : राप्रपा संयुक्त ले निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेको छ । संविधानसम्मत र कानुनी रुपमा नै आफ्नो दललाई मान्यता दिएको भन्दै अध्यक्ष पशुपतिशमशेर जबराले खुशी व्यक्त गरेका छन् ।
8. उच्च अदालतका न्यायाधीशले लिए सपथ : उच्च अदालतका न्यायाधीशले बुधवार पद तथा गोपनियताको सपथ लिएका छन् । न्यायपरिषदबाट सिफारिस भएका १८ जना न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा उच्च अदालतका पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सपथग्रहण गराएका हुन् ।
9. दुई आयोजनाको विद्युत खरीदबिक्री सम्झौता : बागलुङको गल्कोटमा निर्माण हुने दुई विद्युत् आयोजनाको विद्युत् खरीदसम्झौता भएको छ । गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्को खरीद बिक्री सम्झौता भएको हो ।
10. सरकारले चिकित्सा पेशालाई नै मानमर्दन गर्ने खोज्यो – नेपाल चिकित्सक संघ : नेपाल चिकित्सक संघले सरकारले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने खोजेको आरोप लगाएको छ । बुधवार नेपाल चिकित्सक संघका महासचिव डा। लोचक कार्कीद्वारा जारी विज्ञप्तिमा ‘वीर अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरुले गरेको विरोध कार्यक्रममा प्रहरीद्वारा चिकित्सकहरुमाथी गरिएको धरपकड र हातपातप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।’
11. चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म : नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो ।
12. वीर अस्पतालको आँगनमा बिरामी चेक जाँच्न गर्दै डक्टर : वीर अस्पतलाका डाक्टरहरुले कार्यकक्षभन्दा बाहिर बिरामी चेकजाच गरिरहेका छन् । आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा ताला लगाएपछि डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थालेका हुन् ।
13. मध्य भोटेकोशी निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीसँग ठेक्का तोड्ने तयारी : निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनी ग्याङ्सी हाइड्रो इलेक्ट्रोनिकसँग ठेक्का तोड्ने तयारी गरिएको छ । आठ अर्बमा सुरुङ र पावर हाउस निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले आयोजनाको काममा ढिलाइ गरेको भन्दै ठेक्का तोड्ने तयारी गरिएको मध्य भोटेकोशी आयोजना कार्यालयले जनाएइको हो ।
14. किन मोदीलाई भारतको प्रधानमन्त्री भएको हेर्न चाहन्छन् – इमरान खान : ‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदीलाई भारतको पुनः प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री खानले कश्मिर इलाकाको विवादलाई अन्त्य गर्न मोदीले सहयोग गर्ने बताए ।
15. राप्रपा (संयुक्त) लाई राजनीतिक दलको मान्यता, राजसंस्थालाई ब्यूँताउने अध्यक्षद्वयको उद्धोष : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई निर्वाचन आयोगले राजनीतिक दलको रुपमा मान्यता दिएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै राप्रपा ९संयुक्त० अध्यक्षद्वय डा। प्रकाश चन्द्र लोहनी पशुपति सम्शेर जबराले सो बारे जानकारी दिएका हुन् ।
16. प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल गर्दै : प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९बुधवार० सुदूरपश्चिम प्रदेशका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सांसदहरुसँग छलफल गर्दै छन् । सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रधानमन्त्री ओलीले नेकपा सांसदसँग छलफल गर्न लागेका हुन् ।
17. टेलिकमको भ्वाइस सेवा स् सस्तोदेखि निःशुल्क कलसम्म : करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला ।
18. भारतमा भोलि मतदान, कसले जित्ला चुनाव ? : भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हुँदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्वीर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया