काठमाडौं । छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नियन्त्रित लागुऔषध डाइजेपाम लगायतका विभिन्न लागुऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी रूपन्देहीको सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ६ हजार रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरज विक र २४ वर्षीय सुमन गौचन रहेका छन् । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सडकमा ना।७ ख ३११७ नम्बरको बसबाट अवैध लागुऔषध गाँजा ३ केजीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बसका चालक सल्यान सारदा नगरपालिका–८ सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सहचालक बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जन रहेका छन् । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ना।७ ख ३११७ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थितबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २१ मिलिग्राम सहित सोही नगरपालिका–७ हल्दुखाल बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया