लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबिच सम्झौंता

लोकपथ
56
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्डबिच सम्झौंता भएको छ ।

धितोपत्र बजारसंग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मान (रिर्पोटिङ स्टान्र्डड) हरूमा एकरूपता कायम गर्न लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डको बीच बुधबार सम्झौंता भएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसा सम्झौंतामा धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापा, एफ.सि.ए. ले हस्ताक्षर गरेका छन् । उक्त सम्झौंतमा प्रमुख उद्देश्यमा विशेष गरि नेपालमा सस्ट्याविलिटी रिर्पोटिङ स्टान्र्डड (एनएसआरएस)को विकास तथा कार्यान्वयन गर्ने विषय समावेश गरिएको छ ।

नेपालको सन्दर्भमा एनएसआरएस रिर्पोटिङ नवीन अवधारणा हो, जसले व्यवसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ ।

सम्झौंता अनुसार एनएसआरएस विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले सो मान कार्यान्वयन गर्नेआवश्यक भूमिका निर्वाह गर्नेछ ।लेखामान बोर्डले सो मानहरुसँग सम्बन्धित प्राविधिक बिषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?