नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरी खेती तथा झुपडी

लोकपथ
28
Shares

रौतहट । रौतहटमा बागमती नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरी गाँउलेहरुले खेती तथा झुपडी बनाएर उपयोग गरेको पाइएको छ ।
रौतहट र सर्लाहीको सिमानामा पर्ने बागमती नदिको किनारमा रहेको सो क्षेत्र डिभिजन वन कार्यालयको हो ।

तर वन कार्यालयको उदासिनताका कारण वृन्दावन नगरपालिका वडा नं. १ मा रहेको नदि उकास क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको छ ।
पछिल्लो समयमा जङ्गल तथा झाडी फाँडेर धमाधम खेत र झुपडी बनाउने गरिएको पाइएको छ । हरेक वर्ष प्रायः त्यस क्षेत्रमा वृक्षारोपण हुने गरेको भएपनि बिरुवा हुर्किने गरेको छैन् ।

बयरघारीका रुपमा परिचित सो क्षेत्र अहिले त्यस भेगका गाँउहरुको खेत र झुपडी मात्र देखिन्छ । वृन्दावन नगरपालिका वडा नं. १, २, ३ र ४ का बासिन्दाहरूले सो क्षेत्रमा अतिक्रमण गरेको पाइएको छ । बिपन्न तथा गरिव समुदायमा मात्र नभई प्राय ः सबैले त्यस क्षेत्रमा वर्षौ देखि खेती गर्दै आएका छन् ।

वृन्दावन नगरपालिका वडा नं. ३ विश्रामपुरका हरि साह कलवार पनि वन तथा नदी उकास जमिन अतिक्रमण गरी उपयोग गर्नुभएको छ । सो क्षेत्रमा रहेको करिव १० कट्ठा जमिन तारबार गरेर खेती गर्दै आएको साहले जानकारी दिए ।

उपयोग विहीन भएको यस जमिनलाई आफूले सदुपयोग गरी खेती गरेको साहको भनाई छ । साह मात्र नभई त्यस क्षेत्रमा प्रशस्त मात्र स्थानीयले कृषि तथा पशु फर्म ने सञ्चालन गरेका छन् ।

सबैले डिभिजन वन कार्यालय अन्तर्गत पर्ने नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरेको देखिन्छ । खरका छानो भएका झुपडी घरहरू बन्ने क्रम बढ्दो अवस्थामा रहेकाले उत क्षेत्र अतिक्रमणको चपेटामा परेको स्थानीय सरोकारवालाहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?