काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठूलोपाखर -३ का काले वाङगेल भन्ने निमा लामा पर्वतको कुश्मा-१० का सरोज खाती, स्याङ्जा आधिखोला- ३ घर भएका भीम बहादुर विश्वकर्मालाई विजयपुर कास्कीबाट खटिएको प्रहरी टोलिले हिजो मंगलबार विजयपुरबाट पक्राउ गरको हो ।
सिन्धुपाल्चोकका निमामाथि ठूलोपाखर-२ की ४३ वर्षीय काली माया लामालाई कुटपिट गरी पटुकाले घाँटी कसेर मारी रूखमा झुण्डयाएको आरोप थियो । उक्त कसुरमा सजाय भोगिरहेका लामा २०७२ सलको भुकम्पपछि भत्किएको कारागारबाट भागी फरार भएका थिए । त्यतिबेला उनले अन्य थुनुवा-कैदीलाई भगाई फरार भएका थिए ।
सिन्धुपाल्चोक जिल्ला अदालतले थुनुवा कैदी भागेरभगाएको मुद्दामा मिति २०७४ साल फागुन ९ गते फैसला गर्दै लामालाई थप ९ बर्ष ६ महिना २० दिन कैद हुने ठहरेको थियो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया