काठमाडौं । कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । अभिनेता पाठकको मंगलबार बिहान ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको हो ।
अन्तिम संस्कार अगाडि शवलाई चलचित्र कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली दिइएको थियो । उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डीसी, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायत आर्यघाटमा उपस्थित थिए । उनको शवमा छोराले दागबत्ती दिए ।
पाठकले मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया