काठमाडौं । देशको विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका-३ गोपेटार बस्ने ३६ वर्षीया प्रमिला परियार आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
सुनसरीको धरान उपमहानगरपालिका-१३ जानकीचोक डेरा गरी बस्ने धनकुटा साँगुरीगढी गाउँपालिका-३ घर भएकी २८ वर्षीय बिनिता लिम्बु आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-९ धरहरा टप्पनस्थित कोशी नदीको भंगालोमा हाल पहिचाननखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेको हो ।
सप्तरीको राजबिराज नगरपालिका-१२ दमाबत्तीस्थित ठुलो नहरको पानीमा हाल पहिचान नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया