यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । देशको पूर्वी र मध्य भू-भागका केहि स्थानमा तथा पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । 

आज बिहिवार राती  देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ भने देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी  भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। उच्च हिमाली  भू-भागहरुका एक-दुइ स्थानमा हल्का हिमपातको  संभावना पनि रहेको छ ।

यस्तै शुक्रवार पनि देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहने अनुमान गरिएको छ । 

देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा, पश्चिमी  भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा  हल्का  हिमपातको  संभावना रहेको अनुमान महाशाखाको छ । 

शुक्रवार राती देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा,  पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा  हल्का देखि मध्यम   हिमपातको  संभावना रहेको छ । 

शनिवार भने  देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण  बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली  भू-भागहरुका धेरै जसो  स्थानहरुमा  हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

 देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली  भू-भागहरुका धेरै जसो  स्थानहरुमा  हल्का देखि मध्यम  हिमपातको  संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?