एनसेलको सेयर बिक्रीविरुद्ध अमरेशकुमारको रिट निवेदन कुमार रेग्मीको इजलासमा

लोकपथ
189
Shares

काठमाडौं । एनसेलको सेयर बिक्रीविरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

सांसद अमरेशकुमार सिंहले शुक्रबार सर्वोच्च अदालतमा एनसेलको सेयर बिक्रीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने भएको छ ।

सांसद सिंहले नेपालको कानुनी प्रक्रियालाई छलेर राज्यलाई हानि पुग्नेगरी अपारदर्शी तवरमा सेयर खरिदबिक्री भएको दाबी गर्दै रिट निवेदन दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?