बुटवल । बुटवलको मैनाबगरमा भएको भारतीय नागरिक फिरोज खानको हत्यामा श्रीमतीको संलग्नता रहेको खुलेको छ ।
मैनाबगरको एक मोटर पार्टस वर्कसपमा काम गर्ने ४३ वर्षका खानको हत्यामा ३० वर्षकी श्रीमती साइना खातुन र खातुनका भिनाजु भारतीय नागरिक कादिर अन्सारीको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
खानको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको खुलेको थियो । खानको हत्या गरेर अन्सारी भारततिरै भागेको प्रहरीले बताएको छ ।
अन्सारी र खातुन विगत केही वर्षदेखि सम्बन्धमा थिए । अन्सारीकी श्रीमतीको एक वर्षअघि मृत्यु भएपछि खातुनसंग उनको भेटघाट बाक्लिएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया