एनसेलको सेयर कारोबारबारे कम्पनी रजिष्ट्रारको कार्यालयले लेखा समितिलाई दियो यस्तो जवाफ (पत्रसहित)

लोकपथ
490
Shares

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले एनसेलको सेयर कारोबारबारे आफूलाई कुनैपनि जानकारी नभएको बताएको छ । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीबारे के कसो भएको हो भन्दै कार्यालयलाई नौ प्रश्न सोधेको थियो । त्यसको जवाफ स्वरुप कार्यालयले उक्त कारोबारबारे केही पनि जानकारी नभएको जनाएको हाे ।

तर, कम्पनीले सेवा दिइरहेको मुलुकको कानुनी प्रावधान मान्न बाध्य रहेको समेत कम्पनी रजिष्ट्रारको कार्यालयले स्पष्ट पारेको छ ।

समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई यथाशीघ्र जवाफ फर्काउन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?