काठमाडौं । आइतवार राती आएको हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो ।
रेडक्रस बाराका शाखाले स्वयंसेवकहरु परिचालन गरेको छ । साँझसम्म वास्तविक तथ्याङ्क आउने जनाइएको छ । बाराको फेटा गाउँपालिका वडा नं १ र कलैया–१८ मा पर्ने भलुही भरवलिया गाउँमा बढी क्षति भएको पुगेको छ ।
बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी २७ जनाको मृत्यु हुनुका साथै ६१३ जना घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया