एम्बुलेन्समा मनपरी भाडा असुली

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्सले मनपरी भाडा लिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । 

गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरुले गुनासो गरेका हुन् । 

एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म व्यक्तिपिच्छे फरकफरक भाडा लिएको स्थानीय दिजराज रेउलेले बताए ।

उनले भने, ‘अस्पताल पुगेपछि कति भाडा दिएका थियौ भनी मैले मेरा गाँउका शुकबहादुर रावतलाई सोधेँ, उनले एक हजार ५ सय दिएको बताए, मैले दुई हजार तिरेँ ।’ 

जनताको सेवाका लागि ल्याइएको एम्बुलेन्सले एकै ठाउँबाट फरकफरक भाडा असुल्दा यहाँका स्थानीयवासी मारमा परेको रेउलेले बताए । 

भाडामा एकरुपता कायम गर्न गाउँपालिकालाई  आग्रहसमेत गरेका छन् । गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले ठाउँअनुसारको निश्चित भाडा तोकिएको बताउनुभयो । तोकिएभन्दा बढी भाडा असुलेको पाएमा कानूनी कारवाही गरिने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?