एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

लोकपथ
28
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले एनसेलको शेयर बिक्री गर्दै बाहिरिने घोषणा गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवौं नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेलाको बिहीबार भृकुटीमण्डपमा उद्घाटन गर्दै उनले केही व्यापारिक समूहले लगानी फिर्ता गर्ने निर्णयबारे आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि सदैव आफ्नो पहल र प्रयत्न हुनेसमेत बताए ।आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सूदले बुधबार एनसेलबाट बाहिरिने घोषणापछि कम्पनी बिक्रीमा राख्ने घोषणालगत्तै सभामुखको धारणा आएको हो

यस्तै, उनले आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नभएको जस्ता हल्ला र प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउनतर्फ लाग्न अपिल पनि गरेका छन् ।

संविधानले निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाका रूपमा लिएको स्मरण गर्दै सभामुख घिमिरेले संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्रविकासमार्फत् राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति लिएको उल्लेख गरे ।

नेपालको आयात र निर्यातबीचको असन्तुलन दिनप्रतिदिन बढिरहेको भन्दै मेला महोत्सवहरुले अर्थतन्त्र सुधारका लागि भूमिका खेल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?