काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री कार्कीको सिफारिसको आधारमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम जिम्मेवारी तोकेका हुन् ।
जसअनुसार आन्तरिक मामिला मन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेशप्रसाद उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रीमा कमल प्रसाद जबेगू नियुक्त भएका छन् ।
तर बाँकी रहेको मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैँसँग राखेका छन् । उनले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।
कोशीमा मुख्यमन्त्री कार्कीलाई राप्रपाबाहेक अन्य सबै दलको समर्थन रहेको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादीको समर्थन रहेको छ । कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिकामा देखिएको दल नेकपा एमालेबाट बनेका मन्त्रीहरुले सरकार छाडेका छन् भने सरकारलाई दिएको समर्थन कायमै राख्ने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया