पार्टी सुधारका लागि नेता केसीले अघि सारे तीन सुझाव

लोकपथ
273
Shares

नुवाकोट । नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सुधारका लागि विभिन्न सुझावहरु अघि सारेका छन् ।

शुक्रबार जिल्लाको विदुर नगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता केसीले पार्टीलाई सुदृढ बनाउन ढिला हुन नहुने बताउँदै विभिन्न तीन सुझाव अघि सारे ।

नेता केसीले कृयाशिल सदस्यको संख्याका आधारमा प्रतिनिधि चयन हुने कार्य परिबर्तन हुनुपर्नेमा जोड दिए । त्यस्तै समानुपातिकमा अनिवार्य रूपमा एक पटक भन्दा बढि पटक हुन नहुने कुरा अनिबार्य गरिनुपर्ने र हाल भएका अभ्यासहरुले पटक पटक एउटै व्यक्तिले अवसर पाउदा जनउत्तरदायी हुन नसकेको बताए ।

त्यसैगरी पार्टीको केन्द्रीय पदाधिकारी र कार्यसमितिका सदस्यहरू पदेन महासमिति सदस्य हुने व्यवस्थालाई परिवर्तन गरि प्रतेक आवधिक अवधिभित्र कृयाशिल प्रतिनिधिहरूबाट निर्वाचित हुनु पर्नेमा जोड दिए । जसको कारण लोकतन्त्रमा पार्टीभित्रका नेता र कार्यकर्ताहरुबीच भएको तहगत भिन्नताको अन्त्य हुने र नेता कार्यकर्ताबीच पारिवारिक भाइचाराको सम्बन्ध स्थापित हुने बताए ।

विदुर नगर समिति सभापति हरिलाल श्रेष्ठको सभापतित्वमा सञ्चालित कार्यक्रममा कांग्रेस केन्द्र्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि रहेका थिए । त्यस्तै संविधानसभा सदस्य जगदिश्वरनरसिंह के सी, राज्यलक्ष्मि श्रेष्ठ, नेका नुवाकोट सभापति एवं बागमति प्रदेश सभा सदस्य रमेश कुमार महत लगायत नेता कार्यकर्ताहरूले आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?