देउवालाई ओलीको त्यो ‘जय नेपाल’

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोनवार्ता भएको छ ।

पार्टी कार्यक्रमका लागि देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका ओलीले देउवालाई फोन सम्पर्क गरेर आफू देउवाको गृहनगर गन्यापधुरा पुगेको जानकारी गराएका हुन् ।

ओलीले देउवालाई जय नेपाल सम्बोधन गर्दै आफूले जिल्लामा पुगेको बेला सम्झिएको बताए । साथै देउवाले ओलीलाई फोनमार्फत नै स्वागत गरेका छन् ।

त्यस्तै ओलीले हालखबर समेत बुझेका छन् ।

https://www.facebook.com/UMLprezKPSharmaOli/videos/995893648141105

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?