काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको आर्थिक प्रणालीलाई दीर्घकालीन रुपमा सबल र सन्तुलित बनाउन माइक्रो र साना मिडियमका इन्टरप्राइज (एमएसएमइज) का लागि उल्लेखनीय रुपमा प्रोटोकल, प्रणाली र सम्पूर्ण इकोसिस्टम विकास गर्नु अत्यावश्यक भएको बताएका छन् ।
नेपालमा अर्थतन्त्र समस्यामा पर्नुमा समग्रमा ‘माइण्डसेट’ र काम गर्ने प्रणालीमै समस्या भएकाले त्यसलाई सुधार्न अत्यावश्यक भएको उनको धारणा छ ।आज काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजनको) २७औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा हमालले अर्थतन्त्रलाई दीगो रुपमा सन्तुलित सबल बनाउन कार्य गर्ने प्रणालीमै सुधार आवश्यक भएको बताए ।धेरै तहबाट लिनुपर्ने लगानी स्वीकृतिको कारण पनि नेपालमा लगानी कम आएको उनको भनाई छ ।
उनले भने, ‘हाम्रो एफडिआई चाहे त्यो बाह्य लगानी होस् या लोकल, लगानीमा हाम्रो समग्र माइण्डसेट र जुन कार्य गर्ने प्रणालीमै समस्या छ । सार्वजनिक वा बाह्य संस्था, कार्य सम्पन्न गर्न सक्ने वर्क कल्चर, वर्क बेस रिसर्च, गहन अध्ययन र प्रणालीको विकास गर्ने कुराको अभाव हामीकहाँ छ । यसमा अध्ययन अनुसन्धान गरी कार्यान्वयनमा जानुपर्ने छ ।’
संसारका कतिपय मुलुकहरु एफडिआइ सम्बन्धी स्वीकृति लिन ‘अप्रुभल सिस्टम’ धेरै देशमा कम रहेको भन्दै उनले नेपालमा ‘मल्टिपल लेयर अफ अप्रुभल सिस्टम’ ले गर्दा पनि लगानी भित्र्याउन चुनौती छ । लगानी के हो ? किन हुन्छ र इन्टरप्राइज कसरी हुर्किन्छ भन्ने बुझाइमा पनि अलिकति कमी देखिन्छ । त्यसैले माइण्डसेट र कार्य गर्ने प्रणालीमा हामीले उल्लेख्य प्रगति गर्नुपर्ने हुन्छ । सानोतिनो प्रगतिले केही हुनेवाला छैन ।
उनले नेपालको अर्थतन्त्रलाई नयाँ युगमा पुर्याउनका लागि साना तथा मझौला व्यवसाय हुर्कन सक्ने सम्पूर्ण वातावरण तयार गर्नुपर्नेमा जोड दिए विशेषगरी नेपालको अर्थिक प्रणालीलाई दीर्घकालीन रुपमा सवल सन्तुलित बनाउन नेपालको माइक्रो र स्मल मिडियम इन्टरप्राइजको लागि सम्पूर्ण इकोस्टिम निर्माण गर्न जरुरी छ । विकसित देशको अर्थ इकोसिस्टम पनि एमएसएमइज ९० प्रतिशत अर्थतन्त्र हो देशको ।
नेपालको अर्थतन्त्रलाई अर्को युगमा प्रवेश गराउन एमएसएमइजमा उल्लेखनीय प्रोटोकल, प्रणाली र सम्पूर्ण इकोसिस्टम विकास गर्नु अतिआवश्यक छ’ हमालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया