बुटवलमा प्रहरीले विप्लवको पार्टी कार्यालय भत्कायो

बुटबल–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको पार्टी कार्यालय बुटवलको पाल्पारोड स्थित ‘रातो घर’ डोजर लगाएर भत्काईएको छ ।    

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा केही दिन अगाडी ताला लगाएर पार्टीसग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो ।  बुटवलमा पाल्पा रोडमा पर्ने घरलाई बिगत १३ बर्षदेखी सो कार्यालय पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आईरहेको थियो ।
तत्कालीन नेकपा (माओवादी) हुँदै पछि बैद्य त्यसपछि विप्लवले सो कार्यालय आफ्नो पार्टीकार्यालयको रुपमा प्रयोग गर्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?