चैत १५ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल चैत १५  गते देश दुनियाँमा के–के घटना भए ?  जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1. काठमाडौंमा लगानी सम्मेलन शुरु :  काठमाडौंको सोल्टी होटलमा आज ९शुक्रवार०देखि लगानी सम्मेलन ९नेपाल इन्भेस्टमेन्ट –२०१९० शुरु भएको छ । लगानी सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । 

2. विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने, ‘नेपाल ‘भर्जिन ल्याण्ड’ हो, ढुक्क भएर लगानी लिएर आउनुस्’
प्रधानमन्त्री केशी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी लिएर आउन आग्रह गरेका छन् । काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आज ९शुक्रवार०देखि दुईदिन चल्ने लगानी सम्मेलन ९नेपाल इन्भेस्टमेन्ट –२०१९लाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

3. प्रश्नपत्र बाहिरिएपछि रौतहटमा विद्यार्थीको विरोध प्रदर्शन :  माध्यमिक शिक्षा परीक्षा ९एसईई० अन्तर्गत आज ९शुक्रवार० सञ्चालन हुने सामाजिक शिक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले रौतहटमा प्रदर्शन गरेका छन् ।

 

4. उद्योगमन्त्रीले ‘रिजेक्ट’ गरे आयोजकको उपहार, सिट नपाएपछि ‘रुष्ट’ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आयोजकले दिएको उपहार अस्वीकार गरेका छन् ।
काठमाडौंको सोल्टी होटलमा आज ९शुक्रवार०देखि लगानी सम्मेलन ९नेपाल इन्भेस्टमेन्ट –२०१९० शुरु भएको हो । सम्मेलन भोलि शनिवार सम्म चल्ने छ । 

 

5. एसईईको प्रश्नपत्र लगातार आउट, भेटियो महत्वपूर्ण ‘क्लू’ :  प्रदेश २ मा लगातार दुई दिन माध्यमिक शिक्षा ९एसईई० परीक्षाको प्रश्नपत्र बाहिरियो । शनिवार सञ्चालन हुने अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र समेत शुक्रवार नै आउट भइसकेको छ ।  

 

6. एसईई परीक्षा – प्रदेश २ मा आउट भयो स्वास्थ्य तथा वातावरण शिक्षाको प्रश्नपत्र :  प्रदेश २ मा माध्यमिक शिक्षा ९एसईई० परीक्षा अन्तर्गत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र समेत आउट भएको छ । सामाजिक सञ्जालमार्फत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र बाहिरिएको हो । 

 

7. चार घण्टाभित्र देशभरका प्रश्नपत्र ‘रुजु’ गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन :  शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घण्टाभित्र रुजु गर्न निर्देशन दिएको छ । प्रदेश २ मा लगातार माध्यमिक शिक्षा ९एसईई० परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ४ घण्टाभित्र प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको हो ।

8. सार्क मुलुकमा मात्र होइन, अन्य देशमा विद्युत बजार खोजिरहेका छौं – मन्त्री पुन :   ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सार्क मुलुकमा मात्र नभए अन्य देशहरुमा पनि विद्युत बजार खोजिहेको बताएका छन् । आजदेखि काठमाडौंको होलट सोल्टीमा शुरु भएको लगानी सम्मेलन ९नेपाल इन्भेस्टमेन्ट –२०१९०मा बोल्दै मन्त्री पुनले सो कुरा बताएका हुन् । 

 

9. लगानीका लागि सहज वातावरण निर्माण – परराष्ट्रमन्त्री ज्ञवाली :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताएका छन् । 

 

10. यस्ता दिन गुजारेकी थिइन् मिशेल ओबामाले, १ करोड कपी बिक्यो 'बिकमिङ मिशेल ओबामा' :  आत्मकथा भनेको आत्मालाई पनि ढाँट्न नसक्ने कुरा लेख्नु हो । आत्मकथा लेख्ने मानिसले यसै पनि जीवनको लामो हिस्सा तय गरिसकेका हुन्छन्। मूलघटनाहरू मानिसको जीवनको फरकफरक कालखण्डमा हुने हुन्।

 

11. मनमोहक पोखरा, हलुका घाममा यसरी उघ्रियो (फोटोफिचर) :  औधी सुन्दर प्राकृतिक मनोरम दृश्यको रसपान गर्न पाईने पर्यटकीय नगरी पोखरा मध्य नेपालमा पर्छ ।लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर पोखरा उपत्यका बाहिर निस्कन्छन् ।

 

12. माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल, वैशाख दोस्रो साताबाट  विद्युत् उत्पादन गर्ने :  रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ ।  

 

13. वन कार्यालयका कर्मचारी अन्सारी ३० हजार घुसहित पक्राउ
अख्तियार अनुसन्धान आयोगले पर्साको लाटिझोडा सव डिभिजन कार्यालयका प्रमुखलाई ३० हजार घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले कार्यालयका प्रमुख सलाउद्दिन अन्सारीलाई वन कार्यालय मोरङको परिसरबाटै रंगेहात पक्राउ गरेको हो ।  

 

14. यस्ता माग अघि सार्दै आन्दोलनमा उत्रियो राप्रपा, यस्तो छ, ‘सेडूल’ :  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालले हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको छ । पहिलो चरणको आन्दोलन अन्तर्गत आज ९शुक्रवार० राप्रपाले देशभर प्रचार अभियान शुरु गरेको हो ।

 

15. मेस्सीले पाए सर्वकालीन ‘सर्वश्रेष्ठ’ गोलकर्ताको उपाधि :  अर्जेन्टिनीका कप्तान लियोनल मेस्सी सर्वकालिन सर्वश्रेष्ठ गोलकर्ता घोषित भएका छन् । मेस्सी बार्सिलोनाको इतिहासकै सदाबहार गोलकर्ता घोषित भएका हुन् ।

 

16. विवेकशील साझाको काठमाडौंमा प्रदर्शनस् अख्तियारलाई सोधे, ‘ठूलो माछा कता छ ?’ :  विवेकशील साझा पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । विवेकशील साझा पार्टीले शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल अगाडी प्रदर्शन गरेको हो । 

 

17. इन्स्टाग्राममा गगन थापाको फोटो राख्दै अमेरिकी दूतावासले भन्यो, ‘हेर्नुस् त कक्षामा को छ ?’ : नेपाली कांग्रेस नेता गगन थापा यतिबेला अमेरिकामा छन् । पूर्वप्रधानमन्त्री समेत रहेका थापा अमेकिराको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अविधको ‘एक्काइसौँ शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’शीषकको कोर्स गर्न अमेरिका पुगेका हुन् । 

 

 

18. एपीएफलाई राष्ट्रिय खुल्ला भलिबलको उपाधि :  ‘एपीएफ’ क्लबले सातौं संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।शुक्रवार भएको फाइलन खेलमा एपिएफ क्लबले न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?