दुर्गा प्रसाईंको गुनासो- ‘हाम्रो आन्दोलनलाई काठमाडौंबाट साथ पाइन’

लोकपथ
280
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् ।

उनले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।

‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गर्छु । साथ दिन तपाईहरु बाहिर निस्कनु भएन भने काठमाडौंमा स्याल रुन्छ । यहाँ मान्छे छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?