काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माण गरिरहेको छ ।
मंगलबारबाट सुरु गरिएकोमा बुधबारसम्म आइपुग्दा दर्जनौँ अस्थायी घर टहरा निर्माण भइरहेको छ ।
पौडेल नेतृत्वको एक टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको हो ।
पौडेल नेतृत्वको टोलीमा रहेका महासमिति सदस्य सुशील भट्टका अनुसार टोलीले करिब १०० घरपरिवारको अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउन पनि सहयोग गर्नेछ ।
टोलीमा नेता पौडेलसहित प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, महासमितिद्वय सदस्य सुशील भट्ट र महेश शाह, नेपाली कांग्रेसको कार्यालय सचिव मुक्ति आचार्य, नेपाली कांग्रेस जाजरकोट जिल्ला सहसचिव छवि पन्त, नलगाड नगरपालिका वडा नं ५ का वडाध्यक्ष ओमराज ओलीसहित नेताहरु दीपकबाबु कडेल, पुष्प बस्नेतलगायतका नेपाल तरुण दलका केन्द्रीय सदस्य भागवत रेग्मी, नेविसंघका केन्द्रीय सदस्य सुवाश घिमिरे लगायत नेता कार्यकर्ता रहेका छन् ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो। जसअनुसार कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको हो ।
पौडेल नेतृत्वको टोली नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा खटिनेछ । टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर समेत लगिएको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया