मंसिर ७ : माइतीघरमा प्रदर्शन निषेध, दुवै पक्षसँग छलफल गर्दै प्रशासन

लोकपथ
0
Shares

काठमाडौं । मंसिर ७ गते विभिन्न मागसहित २ समूहले काठमाडौंमा प्रदर्शन गर्ने भएपछि प्रशासनले दुवै पक्षसँग छलफल गर्ने भएको छ ।

सो दिन नागरिक बचाउ अभियानबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले प्रदर्शन गर्ने भएका हुन् ।
त्यससँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई माइतीघरमा प्रदर्शन गर्न निषेध गरेको छ ।

विभिन्न मुख्य प्रशासनिक केन्द्र त्यहाँ रहेका कारण माइतीघरमा हुलहुुज्जत गर्दा सवारीदेखि अन्य सार्वजनिक सेवा नै प्रभावित हुने भएकाले माइतीघरमा प्रदर्शन गर्न बन्देज गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले लोकपथलाई जानकारी दिए । दुवै पक्षले अनुमति माग्न आएमा छलफल गर्ने तयारी रहेको उनले बताए ।

‘माइतीघरमा विभिन्न कारणले गर्दा प्रदर्शन निषेध गरिएको छ । दुवै पक्षले अनुमति माग्न आएमा सो विषयमा छलफल हुनेछ ।’

आन्दोलनका लागि माइतीघरबाहेक अन्य क्षेत्र छुट्याइदिने बताए ।

दुवै पक्षले एकैदिन बृहत प्रदर्शन गर्न लागेपछि प्रशासनले भने शान्ति सुरक्षालाई चुस्त बनाउनेबारे तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?