खलंगा। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावित जनतालाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताएका छन् ।
विभिन्न राहत सामग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै भूकम्प प्रभावितको उद्दार, खानपिन, बसोबास, राहत तथा उपचारबारे जानकारी लिन जाजरकोट सदरमुकाम खलंगा पुगेका गृहमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुबैतिर उत्तिकै परिचालित हुन समेत उनले निर्देशन दिए ।
उद्दारको काम लगभग सकिएकोले अब राहत, बसोबास, खानपिन र उपचारमा केन्द्रित हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । पीडित र प्रभावित परिवारहरूले सरकारले तत्काल उद्दार पहल गरेर राज्य हुनुको अनुभूति दिलाएको बताएका थिए। प्रधानमन्त्री प्रचण्ड स्वयं नै हिजो जाजरकोट र पश्चिम रुकुम आएर सुरक्षाकर्मीसहित उद्दारमा खटिनुभएकोप्रति स्थानीयले उच्च सराहना गरेका थिए।
पीडित र प्रभावितको समग्र जानकारी लिएपछि उपस्थितहरूलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नगद एवम् जिन्सी राहत वितरण, खानपिन, बसोबास र उपचारमा कुनै कमी हुन नदिइने तथा पुनर्निर्माणको योजना तत्काल बनाईने समेत बताए ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोली यसपछि पश्चिम रुकुम पुग्नेछ। टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया