भूकम्पका कारण नेविसंघको पदस्थापना तथा सम्मान कार्यक्रम स्थगित

लोकपथ
28
Shares

काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको पदस्थापना कार्यक्रम स्थगित भएको छ ।

जाजरकोट भूकम्पका कारण कार्तिक २० र २१ गतेका लागि भनिएको पदस्थापना तथा सम्मान कार्यक्रम स्थगन गरिएको हो ।

नेविसंघका मुख्यसचिव विजय खड्काले विज्ञप्ति जारी गर्दै पदस्थापन र प्रथम केन्द्रीय समितिको बैठक र स्ववियु सभापतिहरुलाई “बधाई तथा सम्मान” कार्यक्रम स्थगित गरेको जानकारी गराएका हुन् ।

नेविसंघले कात्तिक २० र २१ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको पदस्थापना र प्रथम केन्द्रीय समितिको बैठक र स्ववियु सभापतिहरुलाई “बधाई तथा सम्मान” कार्यक्रम तय गरेको थियो । संघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार मध्यराति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पले ठुलो क्षति पुर्याएपछि बैठक स्थगति गरेको बताए । उनले नेविसंघका सदस्यहरूलाई भूकम्पप्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन पनि निर्देशन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?