पोखरामा बस दुर्घटना, १२ जना घाइते

लोकपथ
252
Shares

काठमाडौं । पोखरामा बस दुर्घटनामा परेको छ । पोखराको पुम्दीभुम्दीस्थित शान्ति स्तूपबाट ग १ ख ८५८५ नम्बरको नगर बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा कम्तीमा १२ जना यात्रु घाइते भएका छन् भने घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

घाइतेहरूमध्ये ७ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । अन्य घाइतेहरुलाई पोखराका विभिन्न अस्पताल पठाइएको छ ।

गाडीमा ३० जना भन्दा बढी यात्रु सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?