मार्च महिनामा विश्वभरका मानिसहरुले हिन्दुहरुकोे पर्व होली मनाउँदै छन् , होली अर्थात् रंगहरुको पर्व ।
शताब्दीदेखि मनाइँदै आएको यो पर्व वसन्त रीतुको शुरुवातको प्रतिक पनि हो ।
होलीलाई प्रजनन, रंग, प्रेम, र दुष्टमाथि विजय हासिल गरेको अवसरको रुपमा हेरिन्छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आफै आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होली पर्व सुरु भएको मानिन्छ ।
यो पर्व सबै जात भाषा धर्म पेशा लिंग र उमेर समुहलाई एकै ठाउँमा ल्याई खुसीयाली साटासाट गर्ने एउटा राम्रो अवसर पनि हो । यो पर्वले सबै जात, धर्म, भाषा आदिलाई खेल मैदानको सिर्जना गर्छ ।
फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा वृद्ध वृद्धाहरु हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी दुश्मनीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाउने गर्छन् । तपाई पनि होली खेल्ने सोँचमा हुनुहुन्छ होला हैन ?
होलीको बेलामा मानिसहरुले एक अर्कालाई रंग लगाइदिने गरेका छन् भने पानीले भरिएको बेलुनहरुको पनि प्रयोग हुने गरेको छ । लोला पिचकारी र रंगहरुको व्यापार पनि निकै हुन्छ यो पर्वमा ।
विशेष सांस्कृतिक कार्यक्रमहरु र त्यसमाथि रङहरुको वर्षाले शहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । सबै पक्ष ठिकै हुन्छन् तर, अचेल विकृति पनि बढ्दै गएको पाइन्छ । होलीको वास्तविक मर्म र महत्वलाई बेवास्ता गरेर जथाभावी भद्दा मनोरञ्जन गर्न थालिएको छ । पछिल्लो समय
होलीमा युवाहरु अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, रक्सी, गाँजा, भाङ, खाएर मातिने, अश्लिल हर्कत गर्ने, किशोरीहरुको ईच्छा विपरीत रंग दलिदिने जस्ता क्रियाकलापमा उद्यत देखिन्छन् ।
काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा बिहिबार चीर ठड्याएसँगै विधिवत् रुपमा नेपालमा होली पर्वको शुरुवात भएको छ ।
यद्यपी रंगहरुको यो उत्सवको उत्कर्ष भने बाँकी नै छ । होली सप्तरंगी पर्व हो, जसले जीवनमा बेग्लै उत्साह, उमंग सञ्चार गराउँछ ।
होली खेल्ने क्रममा छतबाट लडेको, गाडीबाट खसेको, मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटनामा परेको सुनका गरगहना हराएको, दुवर्यवहार भएको, रसायनयुक्त रंगहरुको प्रयोगले अंगभंग भएको तथा संवेदनशिल अंगमा चोटपटक लागेका, ग्याङ फाईट भएका घटनाबाट तपाई बेखबर हुनुहुन्न । कतिले रङका कारण आँखाको ज्योती सदाको लागि गुमाएका पनि छन् ।
तर, कति अभिभावक, बालबच्चा, युवाहरु यी कुराहरुको ख्याल राख्दैनन् । रमाइलो गर्ने होडमा उनीहरुको लागि होली एक पर्व नभएर जोखिम बन्न सक्छ ।
सुरक्षित होलीका लागि केहि टिप्सहरु यस्ता छन् :-
उचित रंगको छनोट
बिशेष गरि रंग किन्दा ध्यान दिनु पर्ने हुन्छ । पछिल्लो समय रंगहरुमा धेरै नै केमिकल मिसाइने भएकाले पनि उचित रंगको छनोट महत्वपूर्ण हुन्छ । रंगहरुका कारण धेरैलाई एलर्जी हुने भएकाले पनि आफूलाई मन परेको रंगको प्रयोगले पनि एलर्जी कम हुने सम्भावना रहन जान्छ ।
आँखालाई जोगाउने
मानिसको शरिरको सबै भन्दा संवेदनशील अंग हो, आँखा । होलीको रंगको प्रयोग भइरहदा सकेसम्म आँखा चिम्लनु पर्छ । अथवा आँखामा रंग परेको अवस्थामा तुरुन्तै पानीले सफा गर्नुपर्छ । गगल्सको प्रयोग पनि गर्न सकिन्छ । गगल्समा स्टाइलिस्ट त देखिन्छन् नै, साथै आँखा पनि सुरक्षित हुन्छ ।
फोहोर पानीको प्रयोग
काठमाडौंमा पानीको अभाब हामी सबैले महसुस गरेकै कुरा हो । पिउनको लागि पनि पानी पाउन मुसकिल हुने काठमाडौंमा होली खेल्नको लागी त झनै कठिन विषय हो । फोहोर पानीका कारण जण्डिस, रुघा, टाईफाईट, ज्वरो जस्ता स्वास्थ्यमा समस्या आउन सक्छ । होली खेल्दा सके सम्म आफ्नै परिवार भित्र खेल्नु उचित हुन्छ ।
अनुहारमा कलर नगर्ने
हिजो आज अनुहारका कलर अथवा फेस पेन्ट गर्ने प्रवृति बढ्दै गएको छ । जथाभावी रंगको प्रयोगले छालामा नराम्रो असर गरिरहेको हुन्छ । चिकित्सकहरुका अनुसार केमिकल मिसाएका रंगहरुले छालाको क्यान्सर हुने खतरा हुन्छ ।
प्रेट्रोलियम पदार्थ
होलीको बेलामा पानीको विकल्पको रुपमा धेरैले मट्टितेल, पे्रटोलको गलत प्रयोग गरिएको पाइएको छ । प्रेट्रोलियम पदार्थको प्रयोग निकै जोखिमपूर्ण, खतरनाक र हानिकारक हुन्छ ।
अनुहार धेरै नधुने
हाली खेल्दा खेरि पटक पटक अनुहार धुनु राम्रो हुँदैन । रंगको प्रयोग गरेर पटक पटक अनुहार पखालिरहँदा छालालाई झनै असर गरिहेको हुन्छ । होली खेलिसकेपछि अन्तिममा एकैपटक नुहाएर रंग पखाल्नु नै राम्रो हुन्छ ।
लोलाको प्रयोग नगर्ने
होलीको बेलामा सबै भन्दा धेरै प्रयो हुने भनेको लोला पनि हो । तर लोलाले चोट पनि लाग्न सक्छ जुन हामी धेरैलाई थाहा नहुन पनि सक्छ । पिचकारीको प्रयोगले लोलाबाट हुन सक्ने जोखिम अलि कम गर्छ । बलपूर्वक हुर्याईएको लोलाको पानी कानभित्र पनि जान सक्छ ।
बालबालिकालाई निगरानीमा राख्ने
होली खेल्ने भन्दैमा बच्चाहरुलाई छोडेर आफै होली खेल्नतिर मात्र लाग्नु हुँदैन । बालबालिकाको पनि ध्यान राख्नु पर्दछ । उनीहरुको निगरानी गर्नु पर्दछ । ताकी, कुनै आकस्मिक घटना घटेमा तुरुन्तै उद्वार गर्न सकियोस् ।
उनीहरुलाई होली खेल्न सामान्य खालको पिचकारी र सफा पानी दिएर रमाइलो वातावरण बनाईदिन सकिन्छ ।
ह्याप्पी होली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया