जुवातास खेलिरहेको आठ जना पक्राउ

लोकपथ
413
Shares

काठमाडौं । काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्

नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने बिनोद हुमागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय रामचन्द्र बिष्ट लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ४ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?