अग्निपीडितलाई सांसद गुरुङको सहयोग

ओखलढुङगा । ओखलढुंगाका प्रदेश सांसद अम्बिरबाबु गुरुङले अग्निपीडितलाई सांसद गुरुङको सहयोग सहयोग गरेका छन् । 

सांसद गुरुङले आफ्नो निर्वाचन क्षेत्रका आगलागी पीडितलाई सहयोग गरेका हुन् । उनले सिद्धिचरण नगरपालिका २ स्थित चुहानछापका आगलागी पीडितलाई गाँसदेखि बास समेत सहयोग गरेका हुन् ।

राहत सामाग्री बोकेर प्रभावित क्षेत्रमा पुगेका सांसद गुरुङले प्रति परिवार ४ देखि ८ बोरा चामल, सोही मात्रामा दाल, नुन, तेल, मिनिरल वाटर लगायतका खाद्य सामग्रीसहित सिलिण्डरसहितको ग्याँस चुल्हो हस्तान्तरण गरेका थिए । सांसद गुरुङले अग्निपीडितलाई आवास निर्माणका लागि ३० वण्डल जस्तापाता समेत प्रदान गरेका थिए ।

अग्नि पीडित ८ परिवारलाई सांसद गुरुङले ५ लाख भन्दा बढिको राहत सामाग्री विरतण गरेका हुन् । 

पीडितको अवस्था बुझ्न  प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवार, कांग्रेस नेता रामहरि खतिवडा, नेता बालकृष्ण दाहाल र सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ चुहानछाप पुगेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?