काठमाडौं । काठमाडौंबाट सालकको खपेटासहित एक महिला पक्राउ परेकी छन् ।
मंगलबार दिउँसो टोखा नगरपालिका वडा नम्बर ६स्थित न्यू खुकुरी फुड फ्याफेबाट सालकको खपेटासहित उनलाई प्रहरीले पक्राउ गरेको हो।
९३० ग्रामको खपेटासहित टोखा ग्रिनल्यान्ड बस्ने झापाकी ३१ वर्षीया सुष्मा गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।
सालकको खपेटा बिक्री भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको प्रहरी वृत्त महाराजगञ्जको टोलीले गुरूङलाई पक्राउ गरेको हो।
घटनाको थप अनुसन्धान वृत्तले गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया